nepal-news
काठमाडौं, २०७१, जेठ ७, बुधवार । ‘आदिबासी जनजाति युवाको साझा अभियान, अधिकार रोजगारीका लागि पहिचान सहितको संघीय संविधान’ भन्ने मूल नाराका साथ आदिबासी जनजाति युवा महासंघ, नेपालको तेस्रो महाधिवेशन पोखरामा हुने भएको छ । युवा महासंघले पत्रकार सम्मेलनको आयोजना गरि महाधिवेशनबारे जानकारी गराउँदैं जातीय पहिचान सहितको संघीयता, जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक समावेशकिरण, अल्पसंख्यक, सिमान्तकृत, सूचिउन्मुख जातिहरुको संरक्षण संम्बर्धन र अधिकार लगायतका माग राखेका छन् ।

पत्रकार सम्मेलनमा विज्ञप्ति सार्बजनिक गर्दै युवा महासंघले आदिबासी जनजातिसंग विभिन्न चरणमा भएका सहमति सम्झौताहरुको कार्यान्वयन गर्नुपर्ने, आदिबासी जनजातिका सवाललाई नयाँ बन्ने संविधानमा सुनिश्चित गर्नुपर्ने, आईएलओ १६९ र यूएनड्रिप २००७ को पूर्ण कार्यान्यवन गर्नुपर्ने माग गरेका छन् । यहि जेठ १७ र १८ गते पोखरामा हुन गईरहेको युवा महासंघको महाधिवेशनमा आवद्ध जातीय युवा संस्थाहरु र महासंघको मातहतमा रहेको जिल्ला समितिहरुबाट चार सय भन्दा बढि प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागीता रहने युवा महासंघले जनाएको छ । महाधिवेशनबाट तीनवर्षे कार्यकालमा भएको सांगठनिक प्रगति प्रतिवेदन र आथिर्क सम्बन्धमा लेखाजोखा तथा समिक्षा गर्ने र भावि रणनीति, कार्यक्रम तथा नीतिहरुको निर्माण गर्दै आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । यसैबीच नेपाल आदिबासी जनजाति महासंघ शाखा हङकङ र आदिवासी जनजाति युवा संघको पहलमा संकलन भएको रकम प्रा.डा. ओम गुरुङ र नेता गोरेबहादुर खपाङगीको सहयोगार्थ हस्तान्तरण गरीएको छ । युवा महासंघले गुरुङ र खपाङगीलाई एक लाख ११ हजार ३ सय ५० रुपैयाका दरले रकम हस्तान्तरण गरेको हो । खपाङगी अन्नपूर्ण अस्पतालमा उपचाररत छन् भने प्रा.डा. गुरुङको मृगौला प्रत्यारोपण हालै सम्पन्न भएको हो ।
nepal-banana
चितवन, खडेरीका कारण चितवनमा यसपटक केरा उत्पादनमा कमी आएको छ । करिब ७५ प्रतिशतले केरा उत्पादनमा कमी आएको केरा व्यवसायी समिति चितवनले जनाएको छ ।
समितिका उपाध्यक्ष विष्णुहरि पन्तले आवश्यक पानीको मात्रा नपुग्दा केरा उत्पादनमा अप्रत्यासित कमी आएको र उत्पादित केरा पनि राम्रो नभएको बताए ।
सिँचाइ नभएका ठाउँमा वर्षा भएन र सिँचाइ हुने स्थानमा पनि विद्युत्को समस्याले पानी पुर्याउन नसकिएको किसानको गुनासो छ ।

यो मौसममा दैनिक १३ लाखको केरा बिक्री हुने गरेकामा यसपटक पाँच लाखको मात्रै बिक्री भइरहेको उनले बताए । दिनकै १५ गाडी केरा जाने गरेकामा अहिले पाँच गाडी पठाउन पनि मुस्किल भएको केरा किसानले बताएका छन् ।
विगतमा हावाहुरीका कारण केराखेतीबाट करोडौँ क्षति व्यहोरेका किसानलाई यसपटक खडेरीले समस्या पारेको छ ।
बजारमा केराको माग उच्च रहे पनि किसानले केरा दिन नसकेको समितिका अध्यक्ष यज्ञप्रसाद सुवेदी बताए । त्यसैले अहिले भारतबाट अत्यधिक मात्रामा नेपालमा केरा भित्रिरहेको उनले बताए ।
विसं २०५१ देखि व्यावसायिक केराखेती सुरु भएको चितवनमा अहिले एक हजार ६०० बिघामा खेती हुने गरेको छ । यहाँ वर्षामासमा एक हजार बिघामा मालभोग केरा र हिउँदमा ६०० बिघामा हरियो केरा उत्पादन हुने गर्छ ।
चार सय केरा किसान रहेको यहाँ वार्षिक ४० करोडको केराको कारोबार हुने गरेको व्यवसायीहरू बताउँछन् ।
udayapur-cement-industries-limited-nepal
विशाल चौतारी समाचार
उदयपुर, २०७१, जेठ ४ आइतवार । देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगको रूपमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योग चार दिनदेखि बन्द भएको छ ।
उद्योगको प्रदूषण नियन्त्रण गर्ने मेसिनमा गडबडी भएपछि केही दिनका लागि मेसिन मर्मत गर्न उद्योग बन्द गर्नुपरेको उदयपुर सिमेन्ट उद्योगका सहायक महाप्रबन्धक नवलकिशोर साहले बताए । उद्योगको मेसिन मर्मत गर्न अझै हप्ता दिन लाग्न सक्ने उनको भनाइ छ ।
उद्योगको प्रदूषण नियन्त्रण गर्ने मेसिनले काम नगर्दा उद्योगभित्र र उद्योग आसपासको क्षेत्रसम्म व्यापक सिमेन्टको प्रदूषण फैलिन थालेपछि प्रदूषण नियन्त्रण गर्न बाध्य भएर उद्योग बन्द गर्नुपरेको उद्योगका कर्मचारीहरू बताउँछन् ।

उद्योग बन्द भएको मौका छोपेर सिमेन्ट बिक्रेता डिलरहरूले गैँडाछाप सिमेन्टको अभाव भएको भन्दै स्थानीयस्तरमा साढे छ सय प्रतिबोरासम्म मूल्य पर्ने गैँडाछाप सिमेन्टको मूल्य बढाएर प्रतिबोरा नौ सयसम्ममा बिक्री गर्न गर्ने गरेको स्थानीय उपभोक्ता महेश दाहालले बताए ।
उद्योगका सहायक महाप्रबन्धक साहले भने उद्योग बन्द भए पनि स्थानीय क्षेत्रमा सिमेन्ट अभाव हुन नदिन उद्योगको स्टक सिमेन्ट स्थानीय डिलरलाई वितरण गर्ने गरेको दाबी गरे ।
प्रतिदिन ८०० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता भएको उदयपुर सिमेन्ट उद्योगले अहिले ५०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगका कर्मचारीले बताएका छन् ।
चार दिनदेखि उद्योग बन्द गर्नु परेपछि अहिलेसम्म उद्योगलाई पचासौँ लाख घाटा भएको उद्योगका कर्मचारी बताउँछन् ।
nepali-ukhu
वीरगन्ज, २०७१, जेठ ४ आइतवार । राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम जितपुरले ट्रयाक्टरबाट सञ्चालित उखु रोप्ने मेसिन नेपाल भित्रयाएको छ । जसको कारण अब उखु कृषकको चिन्ता हट्ने स्थिति देखिएको हो ।
कम लागतमा उखुको उत्पादन र उत्पादकत्व बढाउनेखालको उक्त मेसिनबाट प्रतिघन्टा एक हेक्टर क्षेत्रफलमा उखु रोप्न सकिने दाबी कार्यक्रमले गरेको छ । यसको प्रयोगबाट उखु रोप्ने खर्चमा ३० देखि ४० प्रतिशत फाइदा पुग्ने अनुमान कार्यक्रमको छ ।
यस क्षेत्रका किसान, उखु अनुसन्धानकर्ता, प्राविधिक, चिनी मिलका प्रतिनिधि र सञ्चारकर्मीहरूको रोहबरमा पहिलोपटक बाराको जितपुरस्थित उखुबाली अनुसन्धान कार्यक्रम परिसरमा उखु रोप्ने उक्त मेसिनको परीक्षण तथा प्रदर्शन गरियो ।
भारतको उत्तरप्रदेशस्थित गोविन्द इन्डस्ट्रिज प्रालिले उत्पादन गरेको यो उपकरणले उखु रोप्ने नाला बनाउने, काटेर उखुको बीउ रोप्ने, मल झार्ने, माटो तथा बीउमा लाग्नसक्ने रोगको नियन्त्रणका लागि विषादी छर्ने र उखुको बीउ माटोले छोप्ने कार्य एकैसाथ गर्छ ।
यो उपकरणको मूल्य नेपालमा झन्डै तीन लाख पर्ने उक्त उपकरणका अधिकृत विक्रेता ओएनएस ट्रेड लिङ्क प्रालि काठमाडौंले जनाएको छ ।
परम्परागत तरिकाभन्दा यो उपकरणले खेती गर्दा उखुको उत्पादन र उत्पादकत्व झन्डै तीन/चार गुणा बढी हुने अनुमान गरिएको छ, राष्ट्रिय उखु बाली अनुसन्धान कार्यक्रमका प्रमुख रेवतीरमण चौधरीले भने । उखुखेतीप्रति किसानलाई आकर्षण दिलाउन र व्यावसायिक रूपमा उखुखेतीमा जोड दिन कार्यक्रमले यो उपकरण पहिलोपटक परीक्षण गरेको हो ।
परम्परागत तरिकाबाट उखुखेती गर्दा बीउका लागि उखु काट्ने, उखु रोप्नका लागि नाला बनाई त्यसमा बीउ राख्ने, त्यसलाई माटोले छोप्ने, मल र विषादी छर्ने कार्यका लागि एक दिनमा प्रतिकठ्ठा ५/६ जना मजदुर लाग्नेमा यो प्रविधिबाट खेती गर्दा दुईजना मजदुरले एक घन्टामा मात्र एक हेक्टर क्षेत्रफलमा उखु रोप्न सक्ने राष्ट्रिय उखु बाली अनुसन्धान कार्यक्रमले जनाएको छ ।
यस प्रविधिबाट खेती गर्दा समयमा बीउ रोप्न सकिन्छ, इन्दु शेखर चिनी मिलका व्यवस्थापक योगनारायण रजकले भने, समयमा बीउ रोप्न सकिने हुँदा यसको उत्पादन पनि बढी हुन्छ ।
मुलुकमा हालसम्म उखुको व्यावसायिक खेती फस्टाउन नसकेको बेला यो उपकरणले किसानलाई उखुखेती गर्न हौस्याउनेछ, राष्ट्रिय उखु बाली अनुसन्धान कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत रामकृष्ण रजकले भने । मुलुकमा हाल ६४ हजार हेक्टरमा उखुखेती भइरहेको छ । तर यसको उत्पादन भने सरदर प्रतिहेक्टर जम्मा ४५ टनमात्र छ, जुन भारतको तुलनामा अत्यन्त न्यून हो ।
मेसिनको प्रदर्शनी हेरेपछि उखु कृषकहरू सर्लाही हरिऔन–४ का रामशरण उप्रेती, बाराका रामाशङ्कर कुशवाहा र रामप्रसाद मैनालीले कृषि मजदुरको बढ्दो अभावबाट यो उपकरणले मुक्ति दिलाउनमा सहयोग पुग्ने र उखु उत्पादन लागतमा उल्लेखनीय कमी ल्याउने विश्वास व्यक्त गर्नुभयो । त्यसैले उखु कृषकका लागि उपयोगीसिद्ध हुने यो मेसिनको खरिदमा राज्यले अनुदान उपलब्ध गराउनुपर्ने उहाँहरूको माग छ ।
load shedding nepal
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ बैशाख, ३० मंगलवार ।
नेपाल विद्युत प्राधिकरणले सातामा गर्दै आएको ८४ घण्टे लोडसेडिङ अब ७० घण्टामा झर्ने भएको छ । प्राधिकरणले भोली बुधबार देखि लागू हुनेगरी लोड सेडिङ घटाएको हो ।
तापक्रम बढ्दै गएर हिमाल हिउँ पग्ली नदीहरुको जलस्तरमा सुधार आएको लगायतका कारणले लोडसेडिङको समयावधिमा केही कटौती गर्न सम्भव भएको प्राधिकरणको भनाई रहेको छ ।
nepal-social-revenge-daijopratha
पवित्रा सुनार
काठमाडौं, २०७१ बैशाख, ३० मंगलवार । फक्रेको फूलमा त भमरा झुम्मिन आइहाल्छ, ठूलो त्यो हो जो मुर्झाएको फूल स्याहार्न अघि सर्छ। जीवनमा कहिलेकाहीँ चिताउँदै नचिताएको मान्छे नङमासु बन्न आइपुग्छ। अनायसै हित्तचित्त मिलेपछि ऊ जिन्दगीभर सँगै जिउने कसम खाएका साथीभन्दा नजिकको सहयात्री बनिदिन्छ। दाइजोको निहुँमा आफ्नै पतिद्धारा जिउँदै जलाइएकी बाँकेकी रिहाना सेख ढपालीको जिन्दगीमा अहिले यस्तै मोड आएको छ।
जीवनभर साथ दिने कसम खाएर ‘निकाहा’ गरेका पतिबाटै आगोमा झोसिइन् उनी। विपदमा सहारा दिन हात बढाइन् एक अञ्जान युवतीले, जो रिहानाको दु:ख थाहा पाएदेखि दिनहुँ वीर अस्पतालको बर्न वार्ड धाइरहेकी छन्। हेटौंडा भुटनदेवीकी सीमा पाण्डे दिनको तीन–चार घन्टा वीरमै बिताउँछिन्, रिहानासँग। आधा जलेकी रिहानालाई उनका बुबाले नेपालगन्जबाट गत मंगलबार वीरमा भर्ना गर्न ल्याएका थिए। खबर सुन्नेबित्तिकै सोधिखोजी गर्दै अस्पताल पुगिन् सीमा। त्यसयता छ दिनदेखि लगातार रिहानाको हेरचाहमा जुटेकी छन्। उनको यो समर्पण परिवारकै सदस्यको भन्दा कम छैन ।
‘हाम्रो समाजमा अहिलेपनि महिलाहरु दाइजो प्रथाबाट पिडीत रहेका छन् । दाइजोको निहुँमा आफ्नै पतिद्धारा जिउँदै जलाइएकी बाँकेकी रिहाना सेख ढपाली एक पछिल्ला मिडियामा आएका उदाहरण पात्र मात्र हुन् । हाम्रो समाजमा हरेक दिन महिलाहरु यहि दाइजो प्रथा तथा अन्य धेरै पक्षबाट पिडीत रहेका छन् । आफ्नो श्रीमाणले ज्यान मार्न आगो लगाइएकी यस्तो पिडीत महिलालाई अहिले साथ दिइरहेकी छिन् ‘सिमा पाण्डे’ । यि सहयोगी बनेर आएकी सिमाबाट हाम्रो दाइजो प्रथा मुखि समाजले धेरै कुराहरु सिक्नुपर्छ ।’ –सम्पादकिय
नर्सहरका अनुसार उनी अस्पताल छउन्जेल रिहानालाई नै कुरेर बस्छिन्। पतिबाट सताइएर अस्पताल आइपुगेकी रिहानासँग मीठामीठा कुराकानी गरेर मन भुलाउँछिन्। खाना खुवाउँछिन्। सरसामान जुटाइदिन्छिन्। रिहानालाई चाहिने पोषणयुक्त खानेकुरादेखि पानी उमाल्ने इलेक्ट्िरक भाँडो, थाल, कचौरा, साबुन, घाउमा लगाउने तेल, स्याम्पु सबै उनैले जुटाइदिएकी हुन्। रिहानालाई दु:खको सागरबाट उतारँ भन्ने नै उनको उद्देश्य रहँदै आएको छ।
उनको यस्तो व्यवहारबाट रिहानाले शरीरको घाउ र मनको चोट तैबिसेक बिर्सन पाएकी छन्। ‘दिदी आइरहनुहुन्छ, उहाँसँग कुरा गर्दा दुखाइ बिर्सन्छु,” रिहानाले सोमबार नागरिकसँग भनिन्, ‘कुनै दिन आउन ढिला भए नरमाइलो लाग्छ, फोन गरेरै डाक्छु।”
बुबा समिम सेखले रिहाना नयाँ संगीसँग निकै झ्याम्मिएको बताए। ‘अलिबेर भेट भएन कि न्यास्रो मान्न थाल्छे,” उनले भने, ‘एक हप्ता भएको छैन, वर्षौं पुरानो साथीजस्तो गर्छन्।”
सीमाले पनि कम्ता ज्यान फालेकी छैनन्। आइतबार आफ्नी दिदी संगीताको जन्मदिन रिहानासँगै मनाउन केक बोकेर अस्पताल पुगिन्। उनीहरले त्यहीँ केट काटे। रिहानाका बुबा, बहिनी, बर्न वार्डका नर्स र टिचिङ अस्पतालका तीन चिकित्सक तनय सिन्हा, आलोक राज र प्रकाश मिश्र पनि सरिक थिए।
गुलियो केकको स्वादमा रिहाना एकछिन जिन्दगीको टर्रो यथार्थ भुलेर रमाइन्। ‘थाहै नपाई एउटा बलियो नाता गाँसिएको आभाष भइरहेको छ,” सीमा भन्छिन्, ‘उनी पनि मसँग बढ्तै झ्याम्मिन्छिन्।”
रिहानालाई नेपाली भाषा बोल्न समस्या छ, घरतिर उनीहर अवधी भाषा बोल्छन्। यहाँ भने हिन्दीमा कुराकानी हुन्छ। वीरमा भर्ना भएदेखि अरसँग भन्दा सीमासँग बढ्ता हिमचिम छ। उनी आफ्ना दु:ख र अनुभूति सीमासँग धक नमानी खोल्छिन्। यसले पनि सम्बन्ध गाढा बनाउँदै लगेको सीमाको भनाइ छ।
पुख्र्यौली घर जनकपुर भएकी सीमाले सानैदेखि महिलामाथि हुने हिंसाका अनेक घटना देख्दै आएकी छन्। दाइजोदेखि जातपातका नाममा हुने हिंसासमेत उनीबाट छिपेको छैन। त्यही भएर रिहानाको घटना सुन्नेबित्तिकै उनी भावुक भइन्।
‘मधेसमा छँदा सानैदेखि यस्ता घटना देखेकी थिएँ, रिहानाको कुरा थाहा पाउनेबित्तिकै यस्तो लाग्यो, म फेरि आफ्नो बाल्यकालमै फकिएँ,” र्उनले सोमबार नागरिकसँग भनिन्, ‘म उनको पीडा बाँड्न सक्दिनँ, तर अनुभूति गर्न सक्छु, अलिकति सहयोगको हात बढाएँ भने उनको मन हलुका हुन्छ भन्ने लाग्यो। त्यही भएर घटना थाहा पाएदेखि भेट्ने हुटहुटी चलेको थियो, काठमाडौंमा भर्ना हुनेबित्तिकै पुगिहालेँ।”
पहिलोचोटि भेट्दा रिहानाको शारीरिक अवस्था देखेरै आफूलाई थाम्न नसकेको सीमाले बताइन्। ‘म त उनलाई देख्नेबित्तिकै रोएछु, अरले सम्झाउनुपर्यो,” उनले भनिन्, ‘त्यही दिनदेखि हाम्रो सम्बन्ध गाँसियो।’
उनका अनुसार सुरुमा रिहाना घरिघरि त्यही घटना र त्यससँग जोडिएका पात्रबारे मात्र कुराकानी गथिनर््। पति र सासूले आगो सल्काएको दुई दिनसम्म कसरी बिनाउपचार घरमै थुनेर राखे, त्यति गर्दा पनि सास नगएपछि कसरी गुपचुप भारतको बहराइच पुर्याए, मोटरसाइकल र भैंसी दाइजो नल्याएको निहुँमा कसरी दिनरात प्रताडित गरे, आफ्नो बिहेका कारण गरिब बुबालाई कसरी समस्यामा परे, रिहाना खालि यही कुरा झिकेर बिलौना गरिरहन्थिन्। आँसु बगाइरहन्थिन्।
यसले उनको दु:ख अझ बल्झेला भनेर सीमाले नै अन्य कुरा झिक्न थालिन्। घरि मोबाइलमा गीत सुनाउँथिन्। घरि भिडियो देखाउँथिन्। घरि आफ्नै कलेजको अनुभव सुनाएर दंग पाथिनर््। आइतबार दिदीको जन्मदिन अस्पतालमै मनाउने योजना पनि रिहानालाई खुसी बनाउने एउटा सुखद कारण थियो।
बहिनीकै उत्प्रेरणाबाट अस्पताल पुगेकी संगीता पनि साथीभाइसँग रेस्टुराँमा भन्दा रिहानासँग जन्मदिन मनाउँदा खुसी लागेको बताउँछिन्। ‘हाम्रो खुसीमा सरिक गराउँदा उनको दु:ख कम हुन्छ भन्ने लागेर हामी दिदीबहिनीले रिहानासँग जन्मदिन मनाउने निर्णय गरेका हौं,” उनले भनिन्।
सीमा र रिहानाको सम्बन्ध कति गाढा भइसक्यो भने सोमबार घुँडा र शरीरका अन्य भागमा शल्यक्रियाका लागि लैजानुअघि रिहानाले इसारामै सीमाको हात मागेकी थिइन्। ‘मलाई आफूनजिक बोलाइन्, तर घाउ बिग्रन्छ भनेर सम्झाएँ,” सीमाले भनिन्।
सेन्ट जेभियर्सबाट सोसल वर्कमा स्नातक गरेकी सीमाले पोर्चुगलबाट अन्तर्राष्ट्िरय सम्बन्ध र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन्। महिलासँग सम्बन्धित मुद्दामा अभिरुचिकै कारण केही समय महिला पुनस्र्थापना क्षेत्रमा समेत काम गरेकी छन्। ‘अहिले भने म जागिर खोज्दैछु,” उनी भन्छिन्।
सीमाले रिहानाका निम्ति सहयोग जुटाउन सामाजिक सञ्जालको पनि सहारा लिएकी छन्। फेसबुकमार्फत पनि सहयोगको आग्रह गरेको उनले बताइन्। ‘साथीभाइ र छरछिमेकबाट सहयोग जुटाउन दौडधुप गरिरहेकी छु,” उनले भनिन्, ‘सहयोग पनि आउन थालेको छ।” यसको व्यवस्थापनका लागि सानिमा बैंकमा रिहानाकै नाममा बैंक खाता खोलिदिएको उनले बताइन्।
‘अहिलेलाई धेरै ठूलो योजना केही गरेकी छैन, खालि रिहानाको उपचारमा कुनै समस्या नहोस्, उनको आधारभूत आवश्यकतामा कमी नआओस् र खान्की पुगोस् भन्ने नै मेरो उद्देश्य हो,” उनले भनिन्।
घुँडाको शल्यक्रिया
उपचारमा संलग्न चिकित्सक डा. पियुष दाहालका अनुसार सोमबार रिहानाको घुँडा र खुट्टाको एक भागको शल्यक्रिया भएको छ। जोडिएका दुवै घुँडा शल्यक्रिया गरी सिधा पारिएको र जलेर छाला खुइलिएको खुट्टाको एक भागमा छाला प्रत्यारोपण गरिएको उनले जानकारी दिए।
‘शल्यक्रिया सफल भए–नभएको दस दिनपछि मात्र थाहा हुन्छ,” उनले भने, ‘छाला प्रत्यारोपण भनेको बिरुवा रोपेजस्तै हो, सफल हुन पनि सक्छ, नहुन पनि।”
शल्यक्रिया र औषधि खर्च महँगो छ। त्यसमा ‘बिबिएस” भन्ने संस्थाले सहयोग गरिरहेको छ। विभिन्न सहयोगदाताबाट जुटेको ३५ हजार रुपैयाँ औषधि किन्नमै सकिएको बाबु समिमले बताए। रिहानाको उपचारका लागि अस्ट्रेलियास्थित दुई नेपाली युवाले १०–१० हजारका दरले २० हजार रुपैयाँ सहयोग गरेको उनले जानकारी दिए। नागरीक दैनिक साभार
acc premier league 2014 nepal vs afghanistan live
समाचार
मलेसिया, २०७१ वैशाख २४ बुधवार । मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेट अन्तरगत बुधबार विहान भएको खेलमा अफगानिस्तानले नेपाललाई २६३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
acc premier league 2014 nepal vs afghanistan
निर्धारीत ५० ओभरको खेलमा अफगानिस्ताले पूरै ४९.३ ओभरमा १० विकेटको क्षतिमा २६२ रन बनाएको हो । उस्मान घानीले ५१ रन बनाए । ६१ बलको सामना गरेका उनले एक छक्का र ८ चौकाको मद्धतले अर्धसतक पुरा गरेका थिए । अफगानिस्तानका लागि नूरअलि जाडदनले एक छक्का र तीन चौकाको मद्धतले ४३ रन बनाए । २० महोम्मद नाबीले ३४ रन बनाए ।
टस जितेर फिल्डिङ रोजेको नेपालका लागि शक्ति गौचन र बसन्त रेग्मीले ३ र ३ विकेट लिए भने आरिफ शेखले २ विकेट लिए । त्यसैगरी एक विकेट राजकुमार प्रधानको नाममा रहर्यो । नेपालका सोमपाल कामी आजको खेलमा मंहगा सावित भए । उनले आठ ओभर बलिङ गर्दै ६३ रन खर्चेर १ विकेट लिए ।
nepali society
नेपालगन्ज, २०७१ बैशाख, २२, सोमबार ।
लक्ष्मणपुर–८ की २२ वर्षीया रिहाना बानोलाई उनका श्रीमान् फरिद शेषले दाइजोको निहुँदमा शरीरमा मट्टितेल छर्केर आगो लगाएको खुलेको छ । चैत ३ गते घरमा दाइजोको विवाद झिकेर श्रीमाणले कम्मरभन्दा तलको भागमा मट्टिेतेल छर्केर आगो लगाएको बानोले सुनाइन् । जब कि उनी त्यस बेला गर्भवती थिइन् ।.jpg)
.jpg)
रिहानाको कम्मरभन्दा तलतिरको ३३ प्रतिशत भाग जलेको नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालले जनाएको छ । करिब दुई सातासम्म उत्त अस्पतालमा उपचार गरिए पनि निको नभएपछि थप उपचारका लागि रिहानालाई सोमबार राजधानीको वीर अस्पताल पठाइएको छ । उनको उपचारका लागि आथिर्क सहयोग जुटाउन माइती पक्षले अधिकारकर्मीसँग हारगुहार गरेपछि सोमबार मात्र उक्त घटना सार्वजनिक भएको हो । .gif)
.gif)
रिहाना आफ्नो उपचार भइरहेका बेला सुत्केरी भएकी थिइन् । उनको बच्चाको भने एक साताअघि मृत्यु भइसकेको छ । ‘मोटरसाइकल र भैंसी दाइजो दिनुपर्छ भन्दै धेरै पहिलाबाट दु:ख दिँदै आएका थिए,’ उपचारका लागि काठमाडौं लैजानुअघि नेपालगन्जमा पीडित रिहानाले भनिन्, ‘चैत ३ गते त मट्टितेल छर्केर आगो नै लगाए । पछाडि हात बाँधेर आगो लगाएका थिए ।’
रिहाना भन्छिन् – ‘मोटरसाइकल र भैंसी दाइजो दिनुपर्छ भन्दै धेरै पहिलाबाट दु:ख दिँदै आएका थिए । चैत ३ गते त मट्टितेल छर्केर आगो नै लगाए । पछाडि हात बाँधेर आगो लगाएका थिए ।’
.jpg)
आगो लगाएपछि श्रीमाणले नै उपचारका लागि भारतको बहराइच पुर्याएका थिए । घटनालाई लुकाउनका लागि नेपालगन्जमा राम्रो अस्पताल हुँदाहुँदै बहराइच लगिएको रिहानाकी आमा नसिद शेष बानोले बताइन् । भनिन्, ‘बहराइचमा १५ दिनजति राखेर उपचारका नाममा मलमपट्टी लगाएर घर फर्काए ।’ राम्रो उपचार नपाउँदा छोरीको स्वास्थ्य खराब भएपछि आफूले भेरी अञ्चल अस्पतालमा ल्याएको उनले जानकारी दिइन् ।
माइती पक्षले फरिदविरुद्ध उजुरी दर्ता गरेपछि कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी प्रेम बस्नेतले जानकारी दिएका छन् । उनले घटनाको अनुसन्धान भइरहेको र आरोपित व्यक्ति पक्राउ परिनसकेकाले अहिले नै केही बताउन नसकिने उल्लेख गरे । प्रहरी दैनिक फरिदको घरमा पुगे पनि उनलाई भेट्टाउन सकेका छैनन् ।
माइती पक्षले फरिदका परिवारले केही राजनीतिक दलका नेताहरुको आडमा घटनालाई लुकाउन खोजेको आरोप लगाएका छन् । रिहानाकी आमा नसिदले भनिन्, ‘टुक्कीबाट सल्किएर आगो लागेको हो भन्न बनाउन खोजिरहेका छन् ।’ उनले दोषीलाई कडा कारवाही गर्न माग गरेकी छन् ।
भेरी अञ्चल अस्पतालका प्रमुख डाक्टर पीताम्बर सुवेदीले रिहानाको समस्या जटिल भएकाले थप उपचारका लागि काठमाडौं रिफर गरिएको जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालय बाँके, महिला तथा बालबालिका कार्यालय, इन्सेक, साथी संस्था, फातिमा फाउन्डेसन, एकल महिला सञ्जाललगायत संघसंस्थाले सहयोग गरेपछि उनलाई काठमाडौं पठाइएको हो । (पुलेसो डटकम साभार)
Nepali-National-Cricket-team
काठमाडौं, २०७१ बैशाख, २१, आइतबार । मलेसियामा जारी एसीसी प्रिमियर लिगमा नेपालले हङकङलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । नेपालले एसीसी प्रिमियर लिगमा ४ खेलमा एक हार मात्र बेहोरेको छ ।
क्वालालम्पुर, २०७१, बैशाख २१ आइवार ।
nepal-vs-oman-2014-cricket
२१ बैशाख, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेटमा नेपाल ओमानसँग पराजित भएको छ । मलेसियाको क्वालालम्पुरस्थित सेलाङगोर टर्फ मैदानमा आइतबार भएको खेलमा नेपाल ओमानसँग २ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय ५८ रनको चुनौति ओमानले ४७ दशमलब ५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५ ओभरमा अलआउट हुँदै नेपालले १ सय ५७ रन जोडेको थियो । खराब शुरुवात गरेको नेपालका ओपनर सुवास खकुरेल खाता नै नखोली पवेलयिन फकिर्ए । ज्ञानेन्द्र मल्लले ६ चौकासहित २६ रन हानेर आउट भए । त्यसपछि कप्तान पारस खड्का ६ रनमा आउट हुँदा मेहबुब आलम पनि क्रिजमा जम्न सकेनन् । मेहबुबले ५ रनमात्रै बनाउन सके । मध्यक्रमका ब्याट्म्यान पनि क्रिजमा जम्न सकेनन् नेपालका चारजना ब्याट्सम्यान दोहोरो अंकै नजोडि आउट भए ।

Nepali-National-Cricket-team
मध्यक्रमका ब्याट्सम्यान शरद भेसवाकर लामो सयम क्रिजमा जमेपनि सुस्तगतिमा रन बनाए । उनले ६१ बल खेल्दै १६ रनमात्र बनाए । बिनोद भण्डारी १० रन बनाएर क्याच आउट भए । अन्तिमक्रममा ब्याटिङमा आएका बसन्त रेग्मी पनि ६ रन जोडेपछि क्याच आउट भए । लगातार विकेट गुमाएको नेपालका लागि शक्ति गौचन २८ बल खेल्दै १५ रन बनाएको अवस्थामा क्याच आउट भए । अन्तिमक्रममा सागर पुनले २० रन जोडे भने सोमपाल कामी २१ बलमा ११ रन जोड्दै नटआउट रहे । ओमानका लागि अमीर कलिमले ३६ रन खचिँर्दै ४ विकेट लिए । त्यसैगरी एजे ललचेतर जेसन मक्सुदले २र२ विकेट लिए । राजेशकुमार र अमिर अलिले १ र १ विकेट लिए । अनलाइन खबर साभार
ad

एसीसी प्रिमियर लिग
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, बैशाख २१ आइवार ।
मलेसियामा जारी एसीसी प्रिमियर लिगअन्तरगत आइतबार भएको खेलमा नेपालले ओमानलाई जितका लागि १ सय ५७ रनको चुनौति दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५ ओभरमा अलआउट हुँदै नेपालले १ सय ५६ रन बनाउन सकेको हो ।
साभार : अनलाईन खबर
Prakash-dahal-and-bina-Magar-love-story
गसिप
बिराटनगर, २०७१, बैशाख २० शनिवार । प्रेम साच्चिकै अन्धो हुन्छ भन्ने कुरा पचण्ड पुत्र प्रकाश दाहाल र उनकी वैधता नपाएकी प्रेमिका बिना मगरको सम्वन्धले प्रमाणित गरेको छ । 

केही दिन अगाडी मात्र यी दुई जोडी राष्ट्रिय सम्मेलन छाडेर भागेका छन् । पार्टी हेडक्वाटरबाटै प्रतिनिधि मनोनित भएर बिराटनगर पुगेका प्रकाश र कञ्चनपुरकी बिना राष्ट्रिय सम्मेलनमा बस्न नपाउने भएपछि भागेका रहेछन् । आफ्ना पूर्वपति–पत्नीलाई छाडेर अनुचित यौन सम्बन्ध राखेको भन्दै आलोचना खेप्दै आएका मगर र दाहाल दुबैको प्रतिनिधित्व सम्बन्धी बैठकमा चर्को विवाद भएको थियो । सगरमाथा चढ्ने क्रममा झाँगिएको उनीहरुको गहिरो प्रेमसम्वन्ध अहिलेसम्म टुटेको छैन । प्रचण्डपुत्र प्रकाश दाहाललाई ठूला नेतासँगै स्वागतम होटलमा देखेपछि कार्यकर्ताले प्रश्न उठाएका थिए । अन्तत: उनीहरुको प्रतिनिधित्वमाथि नै प्रश्न उठेपछि दुबैले सम्मेलनस्थल छाडेका हुन् ।
यसैवीच विना मगरले भागेको बारेमा स्पस्टिकरण दिदै आफू बिराटनगरमै रहेको र सम्मेलनको बन्दशत्रमा सहभागी हुने बताएकी छन् । प्रचण्डपुत्र प्रकाश धरानतिर डुल्न गएको एमाओवादी नेताले बताए । तर उता, प्रकाश दाहालले भने अनलाइनखबरसँग कुराकानीमा आफू भागेको नभई भारतको सिलीगुडीमा आयुर्वेदिक औषधि लिन गएको बताए । आमा सीता दाहालले केही वर्ष पहिले सिलिगुढीमा आयुर्वेदिक औषधि सेवन गरेको र यसपालि पनि सोही औषधि लिन आमाको सहयोगका लागि सिलिगुडी गएको प्रकाशले बताए । यस्तै हो, अधुरो प्रेम काहानी ।
edv nepal 2015 result published
विशाल चौतारी समाचार

काठमाडौं स्थित अमेरिकी दुतावासले डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको जनाएको हो । डिभी चिठ्ठाको नतिजा थाहा पाउनको लागि डिभी लट्री डट स्टेट डट जिओभी मा गएर हेर्न सकिनेछ । यस अघि सन् २०१४ को लागि विश्वमा सवैभन्दा वढी नेपालीलाई अमेरिका जाने डिभी चिठ्ठा परको थियो । स्टेट डिपार्टमेन्टको सन् २०१३ सेप्टेम्बरको भिसा बुलेटिन अनुसार सन् २०१४ लागि ६ हजार ८२ नेपालीलाई डिभी चिठ्ठा परेको थियो । अन्नपुर्ण पोष्टबाट साभार
nepal-social
इटहरी, १८ बैशाख । सुनसरीका विभिन्न होटलमा यौन आनन्द लिइरहेको अवस्थामा नौजनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरीका होटल संचालकहरुले होटलमा आउने ग्राहकसँग रकम असुलेर यौन सन्तुष्टि लिन चाहनेका लागि यौनकर्मी मिलाइदिने गरेको रहस्यसमेत खुलासा भएको छ ।
बिहीबार मात्र इटहरी ८ स्थित संगीता होटलको माथिल्लो तलामा इलाका प्रहरी कार्यालय इटहरीको टोलीले दुई जोडिलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । प्रहरीको टोलीले पक्राउ गरी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी विद्यानन्द माझिले बताए । पक्राउ परेका चारैजनालाई पक्राउ गरि कारबाहीका लागि अनुसन्धान थालिएको माझीले बताए । त्यस्तै केहि दिन अगाडि इटहरीको पेरिस होटलमा रहेका पाचँ जनालाई पक्राउ गरि सार्बजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाइएको छ । पेरिस होटलमा आएका ग्राहकहरुको यौन सन्तुष्टि मेटाउने उदेश्यले होटल संचालकले युवतीलाई सम्पर्कमा राखेर यौन धन्दा चलाउने गरेको विशेष सुराकीको आधारमा होटलमा छापा मार्दा उनीहरुलाई भेटिएको डीएसपी माझीले बताए । उनले पेरिस होटलमा युवतीसंग भेटिएका अन्य तीन पुरुष भाग्न सफल भएकाले पक्राउ गर्न नसकिएको बताए ।
विगत केही समय यता इटहरीका होटल संचालकहरुले होटलमै युवती राखेर यौन धन्दा चलाउँदै आएका कारण पटक–पटक ती होटलबाट युवा युवतीलाई पक्राउ गरी कारबाही गर्दा समेत यस्ता प्रकारका अनैतिक गतिविधि संचालन भैरहेको डिएसपी माझीको भनाई छ । विशेष गरी इटहरीको पश्चिम क्षेत्र र बसपार्कको वरपर संचालित होटलहरमा यस्ता अनैतिक काम हुने गरेको प्रहरीले बताएको छ । प्रहरीले हाल सम्म २ सय भन्दा बढी अनैतिक कार्य गर्ने पुरुष तथा महिलाहरुलाई पक्राउ गरेर मुद्धा चलाएपनि नियन्त्रणमा समस्या भएको प्रहरीको भनाई छ । यौन व्यबसायमा संलग्न दीपा (नाम परिवर्तन) ले गरिबीका कारण आफूले उक्त काम गर्ने गरेको बताइन् । उनले एक पुरुषसँंग आधा घण्टा यौन सम्पर्क राखे बापत ४ हजार रुपैयाँसम्म लिने गरेको वताएकी छिन् ।
(अन्नपुर्ण पोष्टबाट साभार)
nepal casino
काठमाडौं ८ बैशाख । स्थापनाको ४७ वर्षपछि सरकारले सबै क्यासिनो अवैध घोषणा गर्दै आइतबारदेखि बन्द गराएको छ । गृह मन्त्रालयको निर्देशनपछि आइतबार प्रहरीले उपत्यकाका सात क्यासिनोमा ताला मारेको हो। लामो समयदेखि कर वक्यौता र रोयल्टी तिर्न अटेर गर्दै आएका क्यासिनोलाई गत शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीस्तरीय निर्णयबाट अवैध र गैरकानुनी घोषणा गरिएको थियो ।
पटक–पटक मौका दिँदा पनि क्यासिनोले पुरानो वक्यौता एवं चालु आथिर्क वर्षको रोयल्टी र जरिवाना नतिरेपछि अवैध घोषणा गरिएको हो। सबै क्यासिनोबाट गरी सरकारले करिब सवा अर्ब रुपैयाँ उठाउन बाँकी छ।

वक्यौता चुक्ता नगरी अवैध भएका क्यासिनो बन्द गराउन पर्यटन मन्त्रालयले गृहलाई कानुनअनुसार आवश्यक कारबाही गर्न शुक्रबारै पत्राचार गरेको थियो। त्यहीअनुसार आइतबार गृहले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो। प्रहरी प्रधान कार्यालयले मातहत प्रहरी कार्यालयलाई सबै क्यासिनो बन्द गराउन निर्देशन दिएको थियो ।
‘गृहको पत्रअनुसार वक्यौता चुक्ता नगरेका सबै क्यासिनो बन्द गराएर जानकारी दिन मातहतका प्रहरी कार्यालयलाई निर्देशन दियौं,’ प्रहरी प्रवक्ता गणेश केसीले आइतबार नागरिकसँग भने, ‘त्यसैअनुसार कारबाही भएको छ।’
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अर्जुन चन्दले अवैध घोषित राजधानीका सबै क्यासिनोका सञ्चालकलाई बन्द गर्न जानकारी दिइएको बताए। ”आइतबार साँझसम्म राजधानीका सबै क्यासिनो बन्द गराएका छौं,” उनले भने, ”अझै पनि अनुगमन गरिरहेका छौं। कुनै हालतमा खोल्न दिँदैनौं।”
बन्द गराउन गएका प्रहरी र क्यासिनो मजदुरबीच पाँचतारे होटल एभरेस्टस्थित क्यासिनो एभरेस्टका सञ्चालक को भन्ने विवादले सामान्य झडपसमेत भएको थियो। बन्द भए पनि उक्त क्यासिनोको जिम्मेवारी कसले लिने भन्ने विवाद जारी छ। मजदुरका अनुसार मनोज सुवेदीले एक वर्षअघि क्यासिनो एभरेस्टको व्यवस्थापन आफ्नो हातमा लिएका थिए।
प्रहरीले होटल सोल्टीस्थित क्यासिनो नेपाल (हाल क्यासिनो माजोङ), क्यासिनो अन्ना, क्यासिनो रोयल, क्यासिनो र्याकड, क्यासिनो भेनस, क्यासिनो तारा (हाल क्यासिनो स्टार) र क्यासिनो एभरेस्ट बन्द गराएको हो। क्यासिनो सांग्रिला तथा क्यासिनो फूलबारी र पोखरा ग्रान्ड भने यसअघि सञ्चालकले नै बन्द गरिसकेका छन्।
काठमाडौं र पोखरामा रहेका १० क्यासिनो (तीमध्ये तीनवटालाई यसअघि नै सञ्चालकले बन्द गरिसकेका छन्) अवैध भएका थिए। यसअघि सरकारले थपिदिएको १५ दिनको म्याद (२०७० चैत २१) भित्र सम्पूर्ण वक्यौता नतिरे पनि पुन: १५ थपिएको म्यादभित्र पनि कानमा तेल हालेर बसेका क्यासिनो सञ्चालक अहिले भने सरकारको निशानामा परेका हुन्।
सरकारले २०७० साउन पहिलो साता ”क्यासिनो नियमावली २०७०” जारी गरेपछि पहिलोपटक क्यासिनोलाई पाँच महिनाभित्र वक्यौता तिर्ने म्याद दिएको थियो। उक्त अवधि पूरै बेवास्ता गरेका क्यासिनोलाई फेरि दोस्रोपल्ट चार महिना थपिएको थियो। चैत ७ मा सकिएको दोस्रो म्याद पनि गुजारेका क्यासिनोलाई फेरि सरकारले १५ दिन दिँदै पुन: १५ दिन म्याद दिएको थियो। यो म्याद शनिबार (वैशाख ५) मा सकिएको थियो। तैपनि उनीहरले वक्यौता चुक्ता गरेनन्।
क्यासिनो नियमावली, २०७० को दफा ३७ (१) मा ”नियमावली प्रारम्भ हुँदाका बखत क्यासिनो सञ्चालन गर्न इजाजतपत्र प्राप्त कम्पनीले नियमावली प्रारम्भ भएको मितिले चार महिनाभित्र इजाजतपत्रका लागि निवेदन दिनुपर्ने” उल्लेख छ। त्यसैगरी (२) मा ”उपनियम (१) बमोजिमको म्यादभित्र निवेदन नदिए वा दिए पनि नियमावलीबमोजिम इजाजतपत्र नपाए नियमावली प्रारम्भ हुनुअघि दिइएका इजाजतपत्र स्वत: खारेज भएको मानिने” पनि उल्लेख छ।
थपिएको म्यादभित्रै केही क्यासिनोले इजाजत नवीकरण गर्न आवेदन दिए पनि नियमावलीअनुसार आवश्यक कागजात पेस गरेका थिएनन् भने धेरैले आवेदन नै दिएका थिएनन्।
त्यसैगरी ४७ वर्षदेखि स्थापित क्यासिनो व्यवसायलाई संरक्षण र प्रवद्र्धन गर्न तथा कार्यरत मजदुरको रोजगार संरक्षण गर्न सरकार तत्पर रहेको पर्यटन मन्त्रालयको जनाएको छ।
मन्त्रालयका अनुसार कानुनले निर्धारण गरेको रोयल्टी, वक्यौता राजस्वलगायत आथिर्क विषयमा अर्थ मन्त्रालयसँग परामर्श र समन्वय जारी छ। क्यासिनो एसोसिएसन अफ नेपाल (क्यान) बाट प्राप्त सुझावलाई सरकारले गहन रपमा अध्ययन गरी यसका प्राविधिक पक्ष एवं यो व्यवसायलाई मर्यादित र व्यवस्थित सञ्चालन गर्न सम्बद्ध पक्षसँग छलफल जारी रहने पनि मन्त्रालयका अधिकारीले जनाएका छन्।
पुरानो वक्यौता उठाउने जिम्मेवारी पाएको अर्थले क्यासिनोहरबाट आथिर्क वर्ष २०६२र६३ देखि २०६९र७० सम्मको ६६ करोड ५३ लाख १० हजार रुपैयाँ उठाउनुपर्छ। तर, अर्थ यो जिम्मेवारीबाट पन्छिँदै आएको छ।
त्यसमाथि आठ क्यासिनो प्रत्येकको भागमा चालु आथिर्क वर्षको रोयल्टी ४ करोड र जरिवाना १ करोड २० लाख गरी ५ करोड २० लाख जोड्दा ४१ करोड ६० लाख पनि बाँकी छ। यति सबै (१ अर्ब ८ करोड १३ लाख १० हजार रुपैयाँ) चुक्ता गर्न सके भने मात्र उनीहरको अनुमतिपत्र (लाइसेन्स) नवीकरण हुनेछ।
पर्यटन मन्त्रालयले भने चालु आथिर्क वर्षबाट नयाँ क्यासिनो दर्तादेखि पुरानाको नवीकरण र रोयल्टीसम्बन्धी सबै जिम्मेवारी पाएको छ। हालसम्मको सबै वक्यौता तथा चालु आथिर्क वर्षको रोयल्टी र जरिवाना चुक्ता नगर्ने क्यासिनो सञ्चालनमा रोक लगाउनका लागि आवश्यक कारबाही गर्न पर्यटनले यसअघि पनि गृहलाई पत्राचार गरेको थियो।
पुरानो वक्यौताअनुसार पाँचतारे होटल सोल्टीस्थित क्यासिनो नेपाल (हाल क्यासिनो माजोङ) को सबैभन्दा बढी २६ करोड ६८ लाख र पोखरास्थित होटल फूलबारीमा रहेको क्यासिनो फूलबारीको १६ करोड ८ लाख ६० हजार रुपैयाँ बक्यौता छ।
त्यसैगरी, पाँचतारे अन्नपूर्ण परिसरमा रहेको क्यासिनो अन्नाको १५ करोड २६ लाख ८० हजार, याक एन्ड यतीस्थित रोयलको ४ करोड ९५ लाख, एभरेस्टस्थित क्यासिनो एभरेस्टको १ करोड ७१ लाख ८० हजार, मल्लस्थित भेनसको ३५ लाख, र्याकडिसनस्थित र्याकडको ३३ लाख ३० हजार, हायातस्थित तारा (हाल स्टार) को २९ लाख र पोखरास्थित पोखरा ग्रान्डमा रहेको क्यासिनो पोखरा ग्रान्डको ८ लाख २० हजार रुपैयाँ छ।
साभार : नागरिक अनलाइन
bimal gharti magar
युरोप, ७ बैशाख । नेपाली युवा स्ट्राइकर बिमल घर्तिमगरले गोल गर्दै बेल्जियमको एन्डरलेच्ट क्लबलाई यू–१७ फ्यूचर कपको सेमिफाइनल पुर्याउन सफल भएका छन् ।
ट्रायलका लागि युरोप पुगेका उनले आइतबार भएको फ्यूचर कपको क्वाटर फाइनल खेलमा फिनरबाचे विरुद्ध गोल गरेका हुन् । एन्डरलेच्टले फिनरबाचेलाई २–० ले पराजित गरेको हो । खेलको पहिलो हाफको ९ मिनेटमा विमलले एन्डरलेच्टका लागि गोलको खाता खोले । एन्डरलेच्टलाई जिताउने क्रममा उनले प्रहार गरेको कर्नर बललाई सदुपयोग गर्दै माटारेजले गोल गर्न सफल भए ।
विमलको एक गोल र उनको कर्णर बलबाट भएको अर्को गोल मद्धतमा एन्डरलेच्ट फ्यूचर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । जम्मा ६० मिनेटको खेलमा १६ नम्बर जर्सीमा उत्रेका विमलले पुरै समय खेलेका थिए । उनले खेलअवधिभर आफ्नो प्रभाव छोड्न सफल भए ।
विमलले शनिबार एसी मिलानविरुद्ध अन्तिम ११ मिनेट खेलेका थिए । जुन खेल उनको क्लबले २–१ ले जितेको थियो । विमल दुई महिने ट्रायलका लागि बेल्जियमको एन्डरलेच्ट क्लबमा गएका हुन् ।
manju-mahat
विशाल चौतारी समाचार
काठमाडौं, १६ चैत । गत शनिवार नै गम्भिर दुर्घटनामा परेर उपचारको क्रममा गत शनिवार नै मृत भइसकेकी लोक गायिका मञ्जु महतको शव उनको परिवारलाई क्षतिपुर्ती दिने सहमतिमा परिवार र लोक कलाकारहरुले बुझेका छन् ।
लोक गायिकाको परिवारलाई उचित राहतको माग गर्दै अन्दोलनमा उत्रिएका लोक दोहोरी कलाकार र यातायात व्यवसायीबीच तीन बुँदे सहमति भएपछि शव बुभिएको हो । गायिका महत सवार स्कुटरलाई गत विहीवार नै दुईवटा माइक्रो बसले चेपेपछी गम्भिर घाइते भएकी थिइन् । बा १ ज ९२१३ नम्बरको माइक्रोबस र अल्फावेट खुल्न नसकेको २०७१ नंबरको हाइस ब्राण्डको माइक्रोले उनलाई बिचमा थिचेका थिए । माइक्रो बसको चेपुवाबाट घाइते भएकी मञ्जुको मृत्यु भएपछि उनको परिवारलाई राहतको माग गर्दै कलाकार आइतबार बिहानैदेखि सडकमा उत्रिएका थिए । करिब ३ घण्टाको वार्तापछि सहमति भएको हो । यातायात व्यवसायीसँग सहमतिपछि मञ्जुको शव उनका परिवार र कलाकारले बुझेको हो । राहतको विषयमा कुरा नमिलेका कारण शनिबारदेखि मञ्जुको शव अस्पतालमै थियो । शव बुझे पनि अत्योष्टि आज सोमबार मात्र गरिने गायिका महतका परिवारले जनाएको छ ।
मृतकका परिवारलाई राहतबारे सामाखुसी यातायात व्यवसायी संघ, उत्तर भेग यातायात उपसमिति तथा लोक तथा दोहोरी गीत प्रतिष्ठान र लोक दोहोरी उपत्यका समन्वयन समितिका पदाधिकारीबीच वार्ता भएको थियो हो । सो वार्तामा तीन बुँदे सहमति भएको छ । मृतकका परिवारलाई सहानुभूति स्वरुप साढे ५ लाख रुपैयाँ तत्काल उपलब्ध गराएको छ, भने ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचारमा लागेको ४ लाख रुपैयाँ पनि यातायात व्यवसायीले भूक्तानी गर्ने सहमति भएको छ । साथै, विमावापत ५ लाख रुपैयाँ उपलब्ध गर्न यातायात व्यवसायीसँग मञ्जुर भएको वार्तामा सहभागी लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष तथा कलाकार चन्द्र शर्माले बताए ।
कलाकारको तर्फबाट प्रतिष्ठानका अध्यक्ष शर्मालगायत उपाध्यक्ष बद्री प्रगेनी, पूर्वअध्यक्ष दुर्गा रायमाझी, लोक दोहोरी उपत्यका समन्वयन समितिका अध्यक्ष शिव हमाल, पत्रकार डिबी खड्का तथा मृतकका परिवार सदस्य सहभागी थिए । यातायात व्यवसायीका तर्फबाट सामाखुसी यातायात व्यवसायी संघका कोषाध्यक्ष शम्भु डंगोल, सचिव महेन्द्र श्रेष्ठ र डिकेन्द्र केसी तथा उत्तरभेग यातायात उपसमितिका संयोजक मीनबहादुर मानन्धर वार्तामा सहभागी थिए । त्यस्तै कलाकारहरुले दुर्घटना भएको स्थानलाई ‘मञ्जु स्मृति मार्ग’ नामाकरण गर्नुपर्ने सरकारसँग माग समेत गरेका छन् ।

काठमाडौं, १५ चैत्र । गत विहीबार गम्भिर दुर्घटनामा परेकी लोक गायिका मञ्जु महतको २८ वर्षको उमेरमा शनिबार निधन भएको छ ।
गीत रेकर्डिङका सिलसिलामा मालश्री स्टुडियोमा आउँदै गर्दा उनी सवार स्कुटर गल्कोपाखामा दुर्घटनामा परेको थियो । गायिका महत सवार स्कुटरलाई दुईवटा माइक्रो बसले चेपेपछी गम्भिर घाइते भएकी थिइन् । बा १ ज ९२१३ नम्बरको माइक्रोबस र अल्फावेट खुल्न नसकेको २०७१ नंबरको हाइस ब्राण्डको माइक्रोले उनलाई बिचमा थिचेका थिए ।.jpg)
सवारी दुर्घटनामा गम्भिर घाइते बनेपछि उपचारका लागी टोखास्थित ग्रान्डी इन्टरनेशनल अस्पतालको कोमामा उपचारार्थ उनको अस्पताल ग्रान्डीकै सघनकक्षमा उपचार हुँदै गर्दा निधन भएको हो । अस्पतालले गायीका महतलाई शनिवार चार बजे तीर अस्पतालले मृत घोषणा गरेको थियो ।
दुर्घटना भएपछी गायिका महतलाई सबैभन्दा पहिला मनमोहन मेमोरियल अस्पताल लगिएको थियो । मनमोहन मेमोरियल अस्पतालले उपचार हुन नसक्ने बताएपछी उनलाई शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट पनि उपचार हुन नसक्ने जनाउदै चिकित्सकहरुले ग्राण्डी अस्पतालमा रिफर गरेका थिए । गायिका महतको दुर्घटनाबाट देब्रे खुट्टा, दुबै मृगौला, टाउको र छाती लगायत शरिरका प्राय: सबै भागमा गम्भीर चोट लागेको थियो ।
को हुन् लोक गायीका महत ?
विशाल चौतारी समाचार
काठमाडौं, १५ चैत्र । गत विहीबार गम्भिर दुर्घटनामा परेकी लोक गायिका मञ्जु महतको २८ वर्षको उमेरमा शनिबार निधन भएको छ ।
गीत रेकर्डिङका सिलसिलामा मालश्री स्टुडियोमा आउँदै गर्दा उनी सवार स्कुटर गल्कोपाखामा दुर्घटनामा परेको थियो । गायिका महत सवार स्कुटरलाई दुईवटा माइक्रो बसले चेपेपछी गम्भिर घाइते भएकी थिइन् । बा १ ज ९२१३ नम्बरको माइक्रोबस र अल्फावेट खुल्न नसकेको २०७१ नंबरको हाइस ब्राण्डको माइक्रोले उनलाई बिचमा थिचेका थिए ।
.jpg)
सवारी दुर्घटनामा गम्भिर घाइते बनेपछि उपचारका लागी टोखास्थित ग्रान्डी इन्टरनेशनल अस्पतालको कोमामा उपचारार्थ उनको अस्पताल ग्रान्डीकै सघनकक्षमा उपचार हुँदै गर्दा निधन भएको हो । अस्पतालले गायीका महतलाई शनिवार चार बजे तीर अस्पतालले मृत घोषणा गरेको थियो ।
दुर्घटना भएपछी गायिका महतलाई सबैभन्दा पहिला मनमोहन मेमोरियल अस्पताल लगिएको थियो । मनमोहन मेमोरियल अस्पतालले उपचार हुन नसक्ने बताएपछी उनलाई शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट पनि उपचार हुन नसक्ने जनाउदै चिकित्सकहरुले ग्राण्डी अस्पतालमा रिफर गरेका थिए । गायिका महतको दुर्घटनाबाट देब्रे खुट्टा, दुबै मृगौला, टाउको र छाती लगायत शरिरका प्राय: सबै भागमा गम्भीर चोट लागेको थियो ।
को हुन् लोक गायीका महत ?
![]() |
लोक गायिका मञ्जु महत आफ्ना परिवारका साथ |
लोक गायिका मञ्जु महत कास्की जिल्ला भरतपोखरी गाविसमा जन्मिएकी हुन् । गायिका मञ्जुले इटहरीमा बिहे गरेकी हुन् । उनको कोखबाट ६ वर्षीया एक छोरी र डेढ वर्षका छोरा रहेका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितीका उपाध्यक्ष समेत रहेकी लोक गायीका महतले किङफिसर दोहोरी गायन प्रतियोगितामा प्रथम भएपछि काठमाण्डुमा आफ्नो गायन यात्रालाई अगाडी बढाएकी थिइन् । गाउने क्रममा गायीका महत काठमाडौं दोहोरी साँझ, गामबेशी दोहोरी साँझ,धरहरा दोहोरी साँझ लगायतमा आबद्ध रहीन् ।
लोक संगीतको क्षेत्रमा ‘सोह्र दुना आठ’ बोलको गीत गाएपछि उनको साङ्गीतिक करियर राम्रो हुदै गइरहेको थियो । सो गीत लोक गायक पशुपति शर्मासँग गाएकी थिइन् । पछिल्लो समयमा विदेश तथा स्वदेशका कन्सर्ट, सांस्कृतिक कार्यक्रम तथा विभिन्न महोत्सवहरुमा व्यस्त भइरहेकी थिइन् ।
गायीका मञ्जु महतको ‘नभन है कसैलाई भन्न हुँदैन’, ‘हिरामोती झैं’ लगायत एल्बमहरु बजारमा आइसकेका छन् ।

nepal map with flag
सुजित महत
काठमाडौ, १५ चैत्र । निर्वाचित सरकार अपदस्त गर्नु ३ महिनाअघि (अक्टोबर १९६०) मा युरोप भ्रमणमा रहेका राजा महेन्द्रले संयुक्त राष्ट्रसंघमा स्थायी प्रतिनिधि ह्रषिकेश शाहलाई छलफल गर्न पेरिस डाकेका थिए । विकासको गति सुस्त भएको भन्दै तीव्र बनाउन शासन आफ्नो हातमा लिन लागेको राजाले बताएको शाहले आत्मकथा ‘प्रारब्ध र पुरुषार्थ’ मा भनेका छन् ।
तीव्र विकास गर्छु भनेर शासन हातमा लिएका महेन्द्रको शासनमात्र होइन पञ्चायतकालभरि नै विकास सुस्त रहर्यो । जबकि महेन्द्रले प्रत्यक्ष शासन थाल्दा दक्षिण कोरिया, सिंगापुर, मलेसिया, ताइवानलगायतका मुलुकले फड्को मार्न थालेका थिए । ‘पञ्चायतमा वन फँडानीबाट प्राप्त उब्जाउ जमिनमा कृषि उत्पादन बढेको भरमा आथिर्क वृद्धि हुन्थ्यो,’ योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्मा टिप्पणी गर्छन्, ‘शासक वर्ग त्यही वृद्धिमा खुसी भएको देखिन्छ ।’
दक्षिण कोरियाको विकास र नेपालको अविकासमा अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल रोचक तुलना सुनाउँछन् । दक्षिण कोरियाले सन् १९६८ मा राजधानी सिओललाई बन्दरगाहस्थित सहर बुसानसँग जोड्ने राजमार्ग निर्माण गर्ने निधो गर्यो । विश्व बैंक लगायतका दातृ निकाय ऋण दिन तयार भएनन् । दुश्मनलाई गुण लगाउन जापान तयार भयो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर राष्ट्िरय बजेटको १६ प्रतिशत रकम राजमार्ग निर्माणका लागि विनियोजन गरी थालिएको राजमार्ग २० महिनामै तयार भयो । यो राजमार्ग कोरियाको विकासमा कोसेढुङगा सावित भयो ।
नेपालमा पनि त्यहीताका पूर्व–पश्चिम राजमार्ग निर्माण सुरु भयो, जसको निर्माण सकिन ३५ वर्ष लाग्यो । ‘समस्या यही छ,’ अर्याल भन्छन्, ‘आथिर्क वृद्धि गराउने खालका योजनालाई प्राथमिकतामा राखी चाँडै सम्पन्न गर्न नखोज्दा हामीपछि पर्यौं ।’ आथिर्क वृद्धिदरको भाषण गरे पनि वृद्धिदरलाई ‘ड्राइभ’ गर्ने खालका परियोजनालाई प्राथमिकतामा राख्ने प्रयास नभएको उनी बताउँछन् । मुलुकमा वाषिर्क बजेट बनाउन थालिएकै ६ दशकभन्दा बढी भए पनि प्राथमिकता क्षेत्र निर्धारण गर्न सकिएको छैन ।
साठीको दशकदेखि विकासको रफ्तार पकडेका दक्षिणपूर्वी एसियाली मुलुकहरु अमेरिका निकट थिए । शंकर शर्माका अनुसार तिनले लगानी भित्रयाई रोजगारीका अवसर सिर्जना गर्नका साथै निर्यात वृद्धि गर्ने कुरालाई केन्द्रमा राखेर अघि बढ्ने पश्चिमा पुँजीवादी शैलीको विकास अपनाए । ‘नेपालमात्र होइन भारतमा पनि सन १९९० अघि प्रतिस्पर्धात्मक क्षमता, तुलनात्मक लाभजस्ता शब्द प्रचलनमा थिएनन्,’ शर्मा थप्छन् ।
पूर्व अर्थसचिव रामेश्वर खनालका अनुसार उल्लेख गरिएका चारै मुलुकले पश्चिमा शैलीको विकास सुरु गर्दा साम्यवादी चीन र अर्कोतिर प्रजातान्त्रिक भए पनि बन्द अर्थतन्त्रको हिमायती भारतको बीचमा रहेको नेपालले पश्चिमको अनुकरण गर्न जानेन । राजा महेन्द्र राज्य सञ्चालनका कतिपय मामिलामा ‘स्मार्ट’ देखिए पनि विकास गर्ने भिजन देखाउन नसकेको उनी टिप्पणी गर्छन् । ‘पार्क चुङ हिको ठाउँमा जवाहरलाल नेहर जस्तै सोचको नेता भए दक्षिण कोरिया आजको भारतजस्तै हुन्थ्यो,’ उनी थप्छन्, ‘पार्क जस्तो नेतृत्व ६० कै दशकमा पाएको भए भारत यतिबेला दक्षिण कोरिया जस्तो हुन्थ्यो ।’ यस्तै ब्रिटिस शैलीको विकास भएको हङकङबाट पनि ती मुलुक प्रभावित थिए ।
माथि उल्लेख गरिएका मुलुकहरले त्यतिबेलै विदेशी लगानी खुला गरे । नेपालले भारतसँगै सन् १९९० मा विदेशी लगानी पूरा खुला गरेको हो । ढिलै गरी प्रवेश गरे पनि उदारीकरणको सुरुवात उत्साहजनक रहेको खनाल बताउँछन् । १९९०–९५ मा नेपालको आथिर्क वृद्धिदर ५ दसमलव ४१ प्रतिशत थियो । भारतको ५ दसमलव ४ प्रतिशत । ‘उक्त अवधिमा भारतले ६ प्रतिशतको अधिकतम आथिर्क वृद्धिदर हासिल गर्दा नेपालले ७ प्रतिशतसम्म हासिल गरेको थियो,’ उनी भन्छन् ।
प्राथमिकता छैन
चालु आथिर्क वर्षसमेत समेट्ने गरी बनाइएको तेह्रौं योजनाको आधारपत्र बल्ल सार्वजनिक भएको छ । योजनाको पूर्ण विवरण कहिले आउने हो थाहा छैन । योजनामा प्राथमिकता क्षेत्र ७ वटा भनिएको छ । ‘प्राथमिकता क्षेत्र त्यति धेरै हुनु भनेकै कुनै क्षेत्रले प्राथमिकता नपाउनु हो,’ अर्याल भन्छन्, ‘एक वा दुई क्षेत्रलाई प्राथमीकरण गर्नपर्छ ।’ उनका अनुसार भारतले चौथो योजनामा औद्योगीकरणमा केन्द्रित हुने भन्यो । त्यसैमा केन्द्रित गरी एउटा क्रन्ति ल्याउन सफल भयो । गार्मेन्ट, कार्पेटलाई तुलनात्मक लाभको वस्तुको सूचीमा राखिंदै आएको छ । गार्मेन्टका लागि कपडा, धागो, टाँकदेखि कागिढिसम्म आयात नगरी हुन्न । कार्पेटका लागि ऊन, रङ सबै आयातै गर्ने हो । ‘अनि हातले बुनेको भनेर मात्रै निर्यातको लागि दिगो हुनै सक्तैन,’ शर्मा भन्छन् ।
कृषिप्रधान देश र कृषिमा प्राथमिकताको रट लगाउँदा लगाउँदै मुलुक धान आयात नगरे भोकमरी लाग्ने अवस्थामा पुगिएको छ । गत वर्ष ८ अर्ब ८७ करोडको चामल र पिठो आयात भयो । ४ अर्ब ७० करोड रुपैयाँको धान आयात भयो । जबकि कृषिको व्यवसायीकरण, उत्पादकत्व वृद्धिमा केन्द्रित भए मोरङ, झापा र सुनसरीमै देशलाई पुग्ने धान उत्पादन गर्न सकिने अर्याल बताउँछन् । गत वर्ष ५ अर्ब २ करोड रुपैयाँको मकै, २ अर्ब ४६ करोड रुपैयाँको आलु, १ अर्ब ९३ करोड रुपैयाँको केरा, १ अर्ब १८ रुपैयाँको स्याउ आयातले पनि कृषिमा हाम्रो अवस्था प्रस्ट्याउँछ । व्यवसायीकरणका लागि केही सचेतना कार्यक्रमका साथै बजारमा पहुँच पुर्याउन बाटो बनाए पुग्छ । यसबाहेक बिचौलियाले अधिक मुनाफा गर्ने अहिलेको अवस्था अन्त्य गर्न सरकारी हस्तक्षेप आवश्यक छ ।
जमिनको वर्गीकरणमा चुकेका कारण कृषि, उद्योग सबै क्षेत्रमा असर परेको पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे बताउँछन् । कृषि, आवासीय, औद्योगिक, व्यावसायिक र सार्वजनिक गरी वर्गीकरण गरी पुर्जा वितरण गरेको भए जग्गाको बढी सदुपयोग हुन्थ्यो । कृषिमा परेको जग्गा अर काममा उपयोग हुन सक्तैन । औद्योगिक जग्गामा आवास निर्माण हँुदैन । अनि उद्योगले प्रदूषण गर्यो भन्ने समस्या हँुदैन । जमिनको उचित प्रयोगका लागि बस्ती व्यवस्थित गर्न कसैको ध्यान नपुगेको उनी बताउँछन् । बस्तीलाई एकीकृत गर्दा जमिन निस्कनुका साथै जनताले सुविधा पाउँछन् । बस्ती छरपस्ट भएका कारण विकास निर्माण असहज भयो । एकाध घरका लागि लाखौं रुपैयाँको बाटो बनाउनुपर्ने अवस्था छ । ‘बाटो घरघरै पुग्ने होइन,’ उनी थप्छन्, ‘आथिक रुपले फाइदा हुने गरी बाटो बनेपछि त्यसअनुसार बस्ती बस्नुपर्छ ।’ बस्ती एकीकृत बनाउन सके बाटोघाटो, बिजुली, पानीमा कम लगानी गरे पुग्छ । अनिमात्र सरकारले सुविधा पुर्याउन सक्छ ।
पर्यटन साँच्चिकै मुलुकमा पैसा भित्रयाउने क्षेत्र हो । गत वर्ष ७ लाख १३ हजार टुरिस्ट भित्रिए । यसमा साढे ४ लाख पर्यटक भारतीय थिए । भारतीयमा खर्च गर्ने र सबै कुरा उतैबाट ल्याएर यहाँ फोहोर मात्र गरी र्फकने २ खाले पर्यटक छन् । ७० प्रतिशत सडकमार्गबाट आएकाले दोस्रो थरीका भारतीय बढी आएको देखिन्छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटनको योगदान १ दशमलव ३ प्रतिशत मात्र छ । बुद्धको जन्मथलो लुम्बिनी भए पनि यसको फाइदा भारतले बढी उठाएको छ । बुद्ध सकिर्ट घुम्नेका लागि भारतबाट छिरेर एकसरो घुम्दै भारततिरै र्फकने स्थल बनेको छ, लुम्बिनी ।
पर्यटकलाई गन्तव्यसम्म उडाउने राष्ट्रियध्वजाबाहक नहुँदा पनि मुलुकले पर्यटनबाट यथेष्ट फाइदा उठाउन सकेन । राष्ट्रियध्वजाबाहकको उडान नहुँदा अरु हवाई सेवाको भाडा महँगो पर्छ । यस्तै उडानका रुट पनि मिल्न सजिलो हुन्न । अमेरिकाबाट एउटा पर्यटक नेपाल आउँदा ट्रान्जिटमा १८ घन्टा कुर्नपर्छ । यति सास्ती बेहोरेर पनि नेपाल गइछाड्ने पर्यटक कति हुन्छन् ? सजिलो गन्तव्य जता छ उतै जानेको संख्या बढी हुन्छ ।
पर्यटन भन्नासाथ उत्पादन र पूर्वाधारको कुरा आउँछ । ‘खालि प्राकृतिक सुन्दरता छ भनेर मात्र पुग्दैन, विविध उत्पादनको प्याकेज चाहिन्छ,’ अर्याल भन्छन्, ‘यसमा दूरगामी सोच नहुँदा पनि पर्यटकको वृद्धिदर चित्तबुझ्दो छैन ।’ तेह्रथुमबाट ताप्लेजुङ जाँदा बाटोमा यस्तो ठाउँ छ, जहाबाट कञ्चनजंघा फेददेखि टुप्पोसम्म सर्लक्क देखिन्छ । यस्तो ठाउँमा पुग्ने पूर्वाधार र प्रचार भए कति पर्यटक जान्छन् ? सरकारले पर्यटन पूर्वाधार शीर्षकमा प्रत्येक जिल्लामा थोरथोरै बजेट पठाउँछ । एकाध गोष्ठी गरेर त्यो बजेट सकिन्छ । ‘त्यो बजेट एकै ठाउँमा खन्याइदिए कम्तीमा एउटा दिगो पूर्वाधार त बन्थ्यो,’ अर्याल भन्छन् ।
हाम्रो सम्भाव्य क्षेत्र जलविद्युत हो, मुलुक लोडसेडिङको चर्को मारमा छ । ‘यसलाई प्राथमीकरण गरेर द्रुत विकास गर्ने गम्भीर प्रयास गरिएकै छैन,’ उनी भन्छन्, ‘गफ मात्र गरिएको छ ।’ हामीले घरेलु खपतका लागि कुन कुन योजना बनाउने र निर्यातमा कुन भन्नेमा सम्बद्ध निकाय स्पष्ट छैन । हामीकहाँ बिजुली बढी उत्पादन हुने बेला भारतमा अभाव हुने भएकाले अवसर त छ । तर, कहिले राष्ट्रवादका नाममा त कहिले केका नाममा प्राकृतिक स्रोतबाट हुने यो फाइदा लिन सकिएको छैन ।
‘ऊर्जामा लगानीका लागि ठोस योजना बन्न सकेकै छैन,’ पूर्वमन्त्री पाण्डे भन्छन् । प्रसारण लाइन बन्ने अत्तोपत्तो नभएको अवस्थामा लाइसेन्स वितरण गरेर मात्र जलविद्युतमा लगानी हुनेवाला छैन । ‘सरकारले पहिला लगानी गर्नुपर्ने बेसिनहरु पहिचान गरी प्रसारण लाइन निर्माणको योजना बनाएर लाइसेन्स वितरण गर्दा ऊर्जामा लगानी आकषिर्त हुन्छ । सडक, प्रसारण लाइनको अत्तोपत्तो छैन अनि अनकण्टारका खोलाका लाइसेन्स दिएर कहाँ जलविद्युत परियोजना बन्छ ?’ यस्तै कुरा विचार नगरी लाइसेन्स वितरण गरिएकाले ‘झोलामा खोला’ भएको हो– उनी भन्छन् ।
स्रोत : कान्तिपुर दैनिकको शनिवारे अंक कोसेलिबाट साभार गरिएको हो ।

nepal news
तेजन खड्का
उर्लाबारी, १२ चैत । सासुले आफ्नै ज्वाईलाई पिरा र लौरोले हिर्काएर हत्या गरेकी छिन् । ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक माधव प्रसाद काफ्लेका अनुसार मोरङको ववियाविर्ता ३ बस्ने ५१ वर्षिय वसन्ती माझीले आफनै ज्वाई ववियाविर्ता ३ बस्ने ३३ वर्षिय खगेन्द्र माझीलाई पिरा र लौरोले हिर्काउदा मृत्यु भएको बताए ।
घरायसी विवाद भएपछी करिव ७ महिना देखी माईतीमा रहेकी श्रीमती सन्तोशी माझीलाई लिन गएका खगेन्द्र र सासु विच सोमवार विहान विवादका क्रममा सासुले ज्वाईलाई पिरा र लौरोले टाउकोमा हिर्काएकी थिईन । टाउकोमा गम्भीर चोट लागी रगताम्वे भएर घर फर्केका खगेन्द्रको मध्यरातमा मृत्यु भर्एको प्रहरी निरिक्षक काफ्लेले बताए । खगेन्द्रको मृत्यु भएपछी आज विहान घटनाको चाल पाएको प्रहरीले लगतै सासु वसन्तीलाई पक्राउ गरेको छ भने घटनाको अनुसन्धानका लागी मृतकको श्रीमती सन्तोशी माझी लाई समेत प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ । मृतकको २ छोरी र १ छोरा सन्तान रहेको छ ।